मुलुकको सूचना बेच्नेलाई गृहमन्त्रीेले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छः ज्ञानेन्द्र शाही

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।  

आईतवार संसद बाहिर प्रतिक्रिया दिँदै सूचना बेच्ने मानिसलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे । गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहेको अभिव्यक्ति दिएको भन्दै शाहीले उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । 

Advertisement

उनले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताए । शाहीले भने, ‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुप¥यो । त्यस्तो मान्छे समाउन ढिला भयो । गृहमन्त्रीले काम गर्न संसद कुर्नुपर्छ भन्ने हुँदैन । गृहमन्त्रीज्युलाई अनुरोध के छ भने संसदमा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ । उहाँलाई पक्राउ गरिहाल्नुप¥यो । बोल्नुभएन बोलेपछि पक्राउ गर्नुप¥यो । ४ वटा फाइल खोल्ने भन्नुभएको थियो । फाइल भ्याटभ्याट खोलि हाल्यौं । छानविन समिति बनायौं ।’

उनले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो ? भन्दै तत्काल फाइल खोल्न आग्रह गरे । शाहीले सहकारी छानविन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गरे । 

Advertisement

Advertisement