काठमाडौंः चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६९ अर्ब ६६ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थको आयातमा गत वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ४५ प्रतिशतले वद्दि भएको हो ।
गत वर्षको सोही अवधिमा भने ५१ अर्ब ८१ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत वर्षमा एक सय २२ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
विकास निर्माणका कामले गती लिनुका साथै सवारी साधनको बढ्दो आयात भएपछि पेट्रोलियमको आयातमा वृद्दि भएको हो ।