चार वर्षदेखि गोदाममै चामल

Advertisement

नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ ।

कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उनले भने – “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग गर्न सकिएको छैन ।”  

Advertisement

नेपालगन्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन । तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण गरिएको छ । रासस

Advertisement

Advertisement