तालुखुइलेलाई फाइदै फाइदा, रेष्टुरेण्टको बिलमा समेत छुट

Advertisement

एजेन्सी । तपाई तालु खुइलेर तनाबमा हुनुहुन्छ ? तपाईका लागि खुसीको खबर छ । जापानको एउटा रेष्टुरेन्टले तालु खुइलेकोहरुलाई रेष्टुरेन्ट बिलमा विशेष छुटको व्यवस्था गरेको छ ।

जापानको अकासकास्थित एक रेस्टुरेन्टले तालु खुइलेहरुलाई स्वागत गर्दै यो व्यवस्था गरेको हो । रेस्टुरेन्टका अधिकारी याशिको टोयोडाका अनुसार, तालुखुइले भएकाहरु हिनताबोध महुसस गरी सबै ठाउँमा जान नसक्ने अवस्था समेत रहेकाले यस्तो व्यवस्था गरिएको हो । जसबाट उनीहरुले हिनताबोध महसुस गर्न नसकुन् ।

अन्य देशमा जस्तै जापानमा पनि तालुखुइलेहरुको समस्या निकै ठूलो छ । नक्कली कपाल बनाउने कम्पनी एडरान्सका अनुसार, जापानमा तालुखुइलेको संख्या अन्य देशको तुलनामा २६ प्रतिशत बढी छ ।

Advertisement

Advertisement

Advertisement