‘स्क्विड गेम’ टिभी शोमा नेपाली युवाद्धारा उत्कृष्ट प्रदर्शन, विजेता बनेमा ६० करोड पाउनसक्ने

Advertisement

काठमाडौं । चर्चित रियालिटि खेल ‘स्क्विड’मा नेपाली युवाले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । नेपाली युवा पूर्ण विश्वाले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ६३ स्थानमा पुग्न सफल भएका छन् । 

स्क्विड गेम नामक चर्चित दक्षिण कोरियाली वेभ सिरिज आएको थियो । यो सिरिज जब नेटफ्लिक्समा आयो, तब नेटफ्लिक्सको सबै रेकर्डहरु तोडिएको थियो । यो सिरिज १४ दिनमा २५ करोडले हेरेका थिए । यो सिरिजमा ४५६ जना खेलाडी हुन्छन् र उनीहरुबीच विभिन्न घातक खेलहरु हुन्छन् । अन्तिमसम्म जुन खेलाडी बाँच्न सफल हुन्छ, उसले ४५.६ बिलियन कोरियन वोन जित्न सफल हुन्छ । 

Advertisement

यही सिरिजबाट प्रेरित भएर नेटफ्लिक्सले ‘स्क्विड गेम द च्यालेन्ज’ भन्ने रियालिटी टिभी शो ल्याएको हो  । यस सिरिजमा अधारित रियालिटी प्रतियोगितामा १० भाग (एपिसोड) हुन्छ । अहिलेसम्म पाँच वटा भाग सम्पन्न भइसकेको छ । अहिलेसम्म भएको सिरिजमा विश्व ६३औं स्थानमा पुगेका हुन् । 

स्क्विड गेम देखाए जस्तै यो सिरिजमा खेलाडीहरु मर्ने मार्ने भने चाहिँ हुँदैन । यस रियालिटी शोमा यदी खेलाडीहरुले हारे भने उक्त शोबाट बाहिरिन्छन् । यो प्रतियोगिताको विजेताको राशी ४.५६ मिलियन अमेरिकी डलर (६० करोड ७८ लाख नेपाली रुपियाँ) जित्न सक्नेछ ।  

यो पुरस्कार राशी अहिलेसम्मका रियालिटी शो प्रतियोगिताहरुमध्येको सबैभन्दा ठूलो हो । यसमा विश्वभरका खेलाडीहरुले भाग लिइरहेका छन् । बुधबारबाट सुरु भएको यो प्रतियोगिता आउँदो डिसेम्बर ६ मा फाइनल हुनेछ । विश्वा नेपाली भएको र उनी अहिले अमेरिकामा इन्जिनियरको रुपमा कार्यरत रहेको जनाइएको छ । 

undefined

Advertisement

Advertisement