तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी नाफा कमाउने बैंकको सूचि १५

Advertisement

काठमाडौंः चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १५ बैंकले एक अर्ब रुपियाँभन्दा बढी नाफा कमाउन सफल भएका छन् । हालसम्म सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार १५ वाणिज्य बैंकले एक अर्ब रुपियाँभन्दा बढी नाफा कमाएका हुन् ।

सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई बैंक, एनएमबी, नेपाल एसबीआई, प्राइम कमर्सियल, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंकले अर्बभन्दा मािथको नाफा गरेका छन् ।

पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट बैंकहरुले अर्बभन्दा माथिको नाफा गरेका हुन् । यीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब आठ करोड रुपियाँ नाफा गरेको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ८२ करोड रुपियाँ नाफा गरेको छ । नबिलले दुई अर्ब ७९ करोड, सरकारी स्वामित्वको नेपाल बैंकले दुई अर्ब ५६ करोड कमाएको छ । उनीहरु नाफा बढी कमाउने बैंकको सूचिमा लगातार दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

साथै, एभरेस्ट बैंकले सोही अवधिमा एक अर्ब ८० करोड रुपियाँ नाफा गरेको छ । कृषि विकास बैंकले एक अर्ब ७८ करोड, हिमालयन बैंकले एक अर्ब ६१ करोड, स्ट्यान्र्डड चार्टड बैंकले एक अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब ४४ करोड, एनएमबी बैंकले एक अर्ब ४१ करोड रुपियाँ नाफा कमाएको छ ।

नेपाल एसबीआई बैंकले एक अर्ब ३७ करोड, प्राइम कमर्सियल बैंकले एक अर्ब २५ करोड, सिद्धार्थ बैंकले एक अर्ब २२ करोड, सानिमा बैंकले एक अर्ब २० करोड र सिटिजनस बैंकले एक अर्ब रुपियाँ नाफा गरेको छ ।

यस्तै सनराइज बैंक, बैंक अफ काठमाडु र एनआइसी एसियाले पनि अर्ब नजिकको कमाई गरेका छन् । गत आवको तुलनामा लगानीको लागि वातावरण सुधारात्मक अवस्थामा गएकाले पनि बैंकको नाफामा अर्को वर्ष अझ बढ्ने सम्भावना रहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement