वाइडबडी जहाज खरिदको छानविन लेखा समिति आफैले गर्ने, उपसमिति बनाइयो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न संस्थाको सार्वजनिक लेखा समितिले उपसमिति बनाएको छ ।

समितिको बुधबार बसेको बैठकले छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नदिए आफैले गर्ने निर्णय गरेको हो । त्यसका लागि सांसद राजन केसीको संयोजकत्वमा एक उपसमिति बनाइएको छ ।

सात सदस्यीय समितिको सदस्यहरुमा प्रेम आले, मिना घर्ती, धर्मशीला चापागार्इं, कृष्णलाल महर्जन, प्रदीप यादव र चन्दा चौधरी छन्। उपसमितिले १५ दिनभित्रमा छानविन गरी प्रतिवेदन दिनुपर्नेछ । सार्वजनिक खरिद अनुगमन कार्यालयसँग जहाज खरिद प्रक्रियामा अनियमितता भए नभएको राजसुझाव माग गरेको समितिले यसको छानविन आफै अगाडि बढाउने निर्णय गरेको हो । छानबिनको निष्कर्षका आधारमा कारवाहीका लागि अख्तियारलाई सिफारिस गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement