घुस लिएको आरोपमा रुपन्देहीका न्यायाधीवक्ता विरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीवक्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

ठगी मुद्दा मिलाइदिने आश्वासनमा सेवाग्राहीसित घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

न्यायाधीवक्ता कोषहरी निरौलालाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिदै गरेको अवस्थामा अख्तियार टोलीले समातेको थियो ।

यता काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर प्राविधिक पूर्णचन्द्र आत्रेयलाई पनि घुस सहित अख्तियारको टोलीले पक्रेको छ ।

कम्पनीमा शेयरधनीको रेकर्ड तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको वहानामा लिएको नगद ७ हजार सहित अख्तियारले उनलाई पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement