सिक्टाका तत्कालिन प्रमुख इन्जिनियरसँग ८० लाख रुपियाँ धरौटी माग

Advertisement

काठमाडौं । सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग विशेष अदालतले ८० लाख रुपियाँ धरौटी माग गरेको छ। विशेष अदालतमा आइतबार हाजिर भएका पण्डितसँग अदालतले ८० करोड लिएर तारेखमा छोड्न आदेश दिएको हो ।

सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसँगै पण्डितलाई पनि विरुद्ध मुद्दा दायर गरेको थियो । पाण्डे यसअघि नै धरौटी बुझाएर रिहा भएका छन् ।

पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको आरोप अख्तियारको छ। सिक्टामा भ्रष्टाचार गरिएको भन्दै पाण्डे र पण्डितसहित २१ जनाविरुद्ध मुद्दा दायर भएको छ। आयोजनामा कमसल सामग्री प्रयोग गरी आयोजनालाई कमजोर निर्माण गरिएको अख्तियारको ठहर छ ।

आजै विशेष अदालतले पोलिमर नोट छपाई प्रकरणमा राष्ट्रबैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र पौड्‍यालसँग नौ लाख रुपियाँ धरौटी माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement