नेपाल टेलिकमले गर्यो बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण

Advertisement

काठमाडौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार (२०७५ माघ २६ गते) बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

बागमती सफाइ महाअभियान आरम्भ भएको ३००औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरे । साथै कम्पनीले सो कार्यक्रमका लागि मञ्चको व्यवस्थापन समेत गरेको थियो ।

सोही अवसरमा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो प्रशंसा पत्र हस्तान्तरण गरे ।

सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित एक सय २५ थान वाटरप्रुफ ट्रयाकसुट, चार सय जोर गमबुट, एक सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, चार सय जोर बाक्लो पञ्जा, एक सय थान डोका।ेथुन्से, पाँच सय थान मास्क र पाँच सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमले बागमती सफाइ महाअभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ । २०७० जेठ ५ देखि हरेक हप्ता बागमती सफाइ महाअभियान सञ्चालन भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement