अनामनगर सिलिण्डर विस्फोटमा एकको मृत्यु, विप्लवका एक कार्यकर्ता घाइते, विप्लवको पर्चा बरामद

Advertisement

काठमाडौं । अनामनगर घट्टेकुलोस्थित एक घरमा भएको सिलिन्डर ग्यास विस्फोटमा एकजनाको मृत्यु भएको छ। विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा पनि भेटिएको छ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहका अनुसार घटनास्थलमा विप्लवको पार्टीका ‘नेपाल बन्द सफल पारौँ’ लेखिएका पर्चा, पम्पलेट फेला परेका हुन् । घट्नास्थलमा अरु विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।

विस्फोटमा मृत्यु भएकाको सनाखत नभइसकेको जनाउँदै प्रहरीले क्षतविक्षत भएकाले शव चिन्न गाह्रो भएको जनाएको छ । सोही घटनामा घाइते भएका एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते रविन केसी ‘विप्लव’ नेतृत्वका विद्यार्थी संगठनका नेता भएको जनाइएको छ ।

anamnagar-gas-cylindar-explotion-1

Advertisement

Advertisement

Advertisement