देवः विकास बैंकको शाखा सुर्खेतमा, वीरेन्द्रनगरका प्रमुखले गरे उद्घाटन

Advertisement

काठमाडौं । देवः विकास बैंकले वीरेन्द्रनगर नगरपालिकाको वडा नं ४ स्थित एरिचोकमा सुर्खेत शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सोमबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरे ।

प्रमुख सुवेदीले महिला सशक्तिकरणलका लागि महिला उद्यमशीलतामा जोड दिँदै नगरको आर्थिक समृद्धका लागि साना तथा मध्यम व्यवसायीलाई लगानीको प्राथमिकतामा राखी नगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरी बैंकले आगामी दिनमा सेवालाई क्रमशः विस्तार गर्दै जाने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ सेवा प्रदान गर्न, सेवाग्राहीलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताए ।

बैंक सञ्चालक समितिका सदस्य विजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय स्रोत परिचालन गरी बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरुमा थप शाखा सञ्चालन गरी सेवा विस्तार गर्ने बताए ।

उद्योग वाणिज्य संघ, सुर्खेतका महासचिब लक्ष्मण कँडेलले कर्णाली प्रदेशको उत्पादकत्वको बृद्धिका लागि व्यवसायिक क्षेत्रको साथसाथै सामाजिक क्षेत्रमा समेत बैंकले लगानी गर्नुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिका, वडा नं. ४ का वडाध्यक्ष नीलकण्ठ खनालले यस वडामा देवः विकास बैंकको उपस्थितिले आर्थिक गतिविधिलाई अझ फराकिलो बनाउन सघाउ पुग्ने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नंं ३ की महिला सदस्य रामकुमारी थापा, नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका कार्यकारी प्रमुख महेशकेशर खनाललगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement