काठमाडौं । सरकारले सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीका लागि सार्वजनिक सूचना जारी गरेको छ। यही साउन १ गते देखि भदौ २८ सम्म कार्यालय समयमा निजामती किताबखाना हरिहर भवन पुल्चोकमा बुझाउन भनिएको छ।
सम्पत्ति विवरण विदामा बसेका कर्मचारी, निलम्बनमा परेका र २०७५/७६ सालमा सेवा निवृत्त भएकाले समेत अनिवार्य बुझाउनु पर्नेछ। सम्पत्ति विवरण हुलाक, कुरियरबाट पनि पठाउन सकिने किताबखानाले जनाएको छ। सम्पत्ति विवरण निजामती किताबखानामा दर्ता भएपछि एसएमएसबाटै थाहा पाउने व्यवस्था पनि गरेको छ।