इरानले तेल ट्याङ्कर रोकेको ब्रिटेनको आरोप

Advertisement

इरान । इरानी पानीजहाजहरूले खाडीमा ब्रिटिश तेल ट्याङ्करलाई रोक्ने प्रयास गरेको तर तिनलाई धपाएको ब्रिटिश सरकारका प्रवक्ताले बताएका छन्।

तीनवटा इरानी पानीजहाज तथा ब्रिटिश ट्याङ्करको बीचमा ब्रिटिश नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेको अनि इरानी जहाजलाई मौखिक चेतावनी दिएको थियो। ती प्रवक्ताले इरानी कार्य अन्तर्राष्ट्रिय कानुनविपरीतु भएको बताए।

बदलाको चेतावनी

इरानले गत साता जिब्राल्टरनिर उसको ट्याङ्कर कब्जा गरिएको कार्यको बदला लिने धम्की दिइरहेको थियो।

अमेरिकी सञ्चारमाध्यमहरूमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आएका विवरण अनुसार इरानको रिभोल्युसनरी गार्ड कोरको स्वामित्वमा रहेका ठानिएका जहाजहरूले ब्रिटिश हेरिटेज नामक ट्याङ्करलाई खाडीबाट स्ट्रेट अफ होर्मुजतर्फ लाग्दै गर्दा अवरोध गर्ने प्रयास गरेका थिए।

लगत्तै उक्त ट्याङ्करको सुरक्षामा सँगसँगै रहेको ब्रिटिश नौसैनिक जहाज एचएमएस मन्ट्रोजले इरानी जहाजहरूतिर बन्दूक ताकेर पछि फर्कन चेतावनी दिएको थियो।

इरानी जहाज त्यसपछि त्यहाँबाट फर्किएका थिए। गत साता ब्रिटिश रोयल मरिनले जिब्राल्टरमा एक इरानी तेल ट्याङ्कर कब्जामा लिन सघाएका थिए। सो इरानी ट्याङ्करले युरोपेली संघले लगाएका प्रतिबन्ध उल्लंघन गर्दै सिरिया जान लागेको आशङ्का गरिएको थियो।

उक्त घटनापश्चात् एकजना इरानी अधिकारीले आफ्नो ट्याङ्कर फिर्ता नगरिए बदलास्वरूप एक ब्रिटिश तेल ट्याङ्कर कब्जा गरिनुपर्ने जनाएका थिए। त्यतिखेर इरानले ब्रिटिश राजदूतलाई डाकेर समुन्द्री डकैती शैलीको विरोध जनाएको थियो।

बुधवार राष्ट्रपति हसन रुहानीले आफ्ना ट्याङ्करको वरपर सैन्य जहाज खटाएर त्रसित मानसिकता प्रदर्शन गरेको भन्दै व्यङ्ग्य गरेका थिए। यी पछिल्ला घटना इरान र अमेरिकाबीच चर्कँदो तनाव माझ भएका छन्।

ट्रम्प प्रशासनले इरानसँगको पारमाणविक सम्झौताबाट आफूलाई अलग्ग्याएको छ ब्रिटेनसहित युरोपेली देशहरूले भने त्यसो गरेका छैनन्। तर ब्रिटेन तथा इरानबीचका सम्बन्ध पनि बढ्दो रूपमा तनावग्रस्त बनिरहेको छ। जुनमा दुईवटा तेल ट्याङ्करमा भएका हमलामा इरान ुलगभग निश्चितु दोषी भएको ब्रिटेनको भनाइ रहँदै आएको छ।

Advertisement

Advertisement

Advertisement