नेपाल एसबिआई बैंक पनि २ अर्ब कमाउने सूचिमा, नाफा पुग्यो २२३ करोड

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक पनि दुई अर्ब नाफा कमाउने बैंकको सूचिमा उक्लिएको छ । बैंकले २०७६ असार मसान्तमा आफ्नो नाफा २ अर्ब २३ करोड पुर्याएको हो । २०७५ असार मसान्तमा बैंकको नाफा जम्मा १ अर्ब ९७ करोड मात्रै थियो ।

गत आवको तुलनामा बैंकले २६ करोड नाफा वृद्धि गरेको हो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ५९ करोड रुपैंयाँ छ । ८ अर्ब ४४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८२ करोड रुपैंयाँ रहेको छ । बैंकले ९७ अर्ब निक्षेप संकलन गरेर ८४ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७४.३८ प्रतिशत कायम गरेको छ ।

नेपाल एसबिआईको खराब कर्जा ०.२० प्रतिशत छ भने आधार ब्याजदर ९.७२ र स्प्रेड दर ४.४३ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ६.५१ प्रतिशत छ । प्रतिसेयर आम्दानी २७.२६ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ १६७.६९ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement