मोटरसाइकल र स्कुटर ठोक्किंदा भक्तपुरमा एक को मृत्यु, एक जना घाइते

Advertisement

भक्तपुर । नयाँ ठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान बा ६७ प ६७५४ नम्वरको स्कुटर र बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मध्यपुर ठिमी ५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका गोजाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

स्कुटर चालक भक्तपुर नगरपालिका५ तौमढीका ३१ वर्षीय प्रबिण लोहला घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement