राष्ट्र बैंकले सोमबार ४ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्ने भएको छ। आइतबार बैंकले बोलपत्र जारी गर्दै ट्रेजरी बिक्रीका लागि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले सूचना जारी गरेको हो।

सोमबार अपराह्न ३ बजे बोलकबोल हुने ट्रेजरी मंगलबार जारी हुनेछ। उक्त ट्रेजरी ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको २ अर्बको रहेको छ। ट्रेजरी आउँदो मंसिर २४ गते परिपक्व हुनेछ भने एक वर्ष अवधिको ट्रेजरी ०७७ भदौ २३ मा परिपक्व हुनेछ।

राष्ट्र बैंकले यसअघि गत १६ गते ९१ दिने अवधिको ३ अर्ब १३ करोडको र १ सय ८२ दिन अवधिको ५ अर्ब ५२ करोडको ट्रेजरी जारी गरेको थियो।

Advertisement

Advertisement

Advertisement