नेपाल विद्युतीय व्यावसायी महासंघको नयाँ कार्य समिति चयन

Advertisement

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले दशौँ वार्षिक साधारण सभा एवं चौँथो महाधिवेशनमा नयाँ कार्य समिति चयन गरेको छ । महासंघको उक्त कार्यक्रम शनिबार होटल क्राउन इम्पेरियल, रवि भवन, काठमाडौंमा डा.युवराज खतिवडाको प्रमुख आतिथ्यता एवं महासंघका अध्यक्ष तेज नारायण खरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपाल विद्युतीय व्यावसायी महासंघले नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्षमा सुदर्शनप्रसाद पौड्याल, प्रथम उपाध्यक्षमा रेशमप्रशाद देवकोटा, द्धितिय उपाध्यक्षमा दिलिप कुमार अग्रवाल, तृतिय उपाध्यक्ष लक्ष्मीप्रसाद धिताल, महासचिवमा कोमल पोखरेल, कोषाध्यक्षमा गोपाल अग्रवाल, सचिवमा विनोदबहादुर कार्की, सह–कोषध्यक्षमा शंकर देवकोटा रहेका छन् ।

त्यसैगरी, अन्य प्रदेश तथा कार्यकारीणी सदस्यहरुमा शंकर पोख्रेल, दिपकप्रसाद बराल, दिपककुमार गुप्ता, कृष्ण प्रसाद पटेल (कुर्मी) मुक्तिनाथ सापकोटा, प्रकाशचन्द्र पाण्डे, राजेन्द्रबहादुर कार्की, शशिधरजैसी लामिछाने, नन्दलाल ढकाल, गगन सिंह भण्डारी, महेन्द्र कुमार श्रेष्ठ, कविन्द्र रत्न कंसाकार विनोद लुईटेललगायतको कार्यसमिति चयन भएको महासंघले जनाएको छ । संघले विद्युतीय सामाग्री र प्राविधिक सेवा सुलभ र सरल मूल्यमा आफ्ना सदस्यहरु मार्फत पुर्याउने उद्देश्यका साथ स्थापना भएको जनाएको छ ।

नेपालको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत् क्षेत्रसँग प्रत्यक्ष संलग्न रहेका तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण उद्योग, व्यवसाय एवम् पेसामा आबद्ध सबैलाई नगर, जिल्ला, क्षेत्रीय संघ एवम् एसोसियट सदस्य मार्फत सङ्गठित तुल्याई व्यावसायिक हकहितको संरक्षण एवम् संवद्र्धनको साथै उपभोक्ता समक्ष स्तरीय सेवा सुविधा दिने प्रतिवद्धता संघले व्यक्त गरेको छ ।

नेपाल विद्युतीय व्यावसायी महासंघ नेपाल भरमा २० नगर/जिल्ला संघ एवं ६५ एसोसिएट सदस्यहरु रहेको छाता संस्था हो । साथै, सु–सम्पन्न दशौं वार्षिक साधारण सभा एवं चौथो महाधिवेशनबाट पाँचौं कार्यकालका पदाधिकारी तथा कार्यकारीणी सदस्यहरु निर्वाचित गराईएको छ ।

Advertisement

Advertisement

Advertisement