आजदेखि पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याईँदै (फोटोफिचरसहित)

Advertisement

काठमाडौं । भारत(नेपाल बीच बनेको क्रस बोर्डर पेट्रोलियम पाइपलाइन आज मंगलबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

oilg

नेपाल आयल निगमले मंगलबार भदौ २४ गतेदेखि पाईपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउँदै छ । पाइपलाइनबाट तत्कालको लागि डिजेल मात्रै ल्याउने निगमले जनाएको छ । पेट्रोल र मट्टीतेल भणडार क्षमता नभएकाले हालको लागि डिजेल मात्र ल्याउन लागेको निगमले जनाएको छ ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्। ती ट्याङ्कीमा तेल भरेर राखिएको छ।

oilf

पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ ल्याउदा निगमलाई वार्षिक झन्डै एक अर्ब रुपियाँ बचत हुने अनुमान छ । पाइपलाइनबाट प्रति घन्टा २ लाख ९४ हजार लिटर डिजेल आयात गर्न सकिन्छ । तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ।

oil3



oilc

Advertisement

Advertisement

Advertisement