अन्ततः गोकर्ण बिष्टको अडानमा सहमत भयो मलेसिया, शुन्य लागत र समाजिक सुरक्षासहित कामदार लैजाने

Advertisement

काठमाडौं । अन्ततः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको अडानमा मलेसिया सरकार सहमत भएको छ । गत कात्तिममा दुई देशबीच भएको सहमति अनुसार शुन्य लागत र सामाजिक सुरक्षा ग्यारेन्टीसहित नेपाली कामदार लैजान मलेसिया सरकार सहमत भएको हो ।

अघिल्लो समझदारी अनुसार नेपाली कामदार लैजानेबारे मलेसियामा आयोजीत एक समारोहमा नेपालका तर्फबाट सहसचिव डा. रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् । मलेसिया सरकारका तर्फबाट त्यहाँको श्रम मन्त्रालयका उच्च अधिकारी बेटी हसनले हस्ताक्षर गरेकी हुन् ।

अघिल्लो सम्झौता अनुसार नेपाली कामदार तत्कालै लैजान मलेसिया सरकार सहमत भएको हो । अब नेपाली कामदारहरु शुन्य लागत र सामाजिक सुरक्षाको व्यवस्थासहित मलेसिया जानेछन् ।

सहमतिअनुसार यसअघि मलेसियाले मान्यता नदिएका ८६ वटा संस्थाहरुको निरीक्षण गर्न उ तयार भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भएका ३६ स्वास्थ्य संस्थामा मात्रै कामदारहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने मलेसियाको अडान रहेको थियो ।

नयाँ स्वास्थ्य संस्थाहरुको निरीक्षण गर्न आउँदो नोभेम्बरमा मलेसियाको टोली नेपाल आउने सहमति भएको विभिन्न सञ्चार माध्यमहरुले वार्तामा संलग्नहरुको भनाई उदृत गर्दै समाचार छापेका छन् । समाचारअनुसार दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा नयाँ स्वास्थ्य संस्थाहरु पास भइसकेकोले उनीहरुले समेत स्वास्थ्य परीक्षण गर्न पाउनेगरी निरीक्षणको तयारी गरिएको हो ।

Advertisement

Advertisement

Advertisement