काठमाडौंको मौसम खराब भएपछि हेलिकप्टरहरु काभ्रे र सिन्धुलीका खेतमा ओर्लिए

Advertisement

काठमाडौँ । प्रतिकुल मौसमका कारण काठमाडौं आउँदै गरेका हेलिकप्टरहरु भकाभक काभ्रे र सिन्धुलीका खेतमा आकस्मिक अवतरण गरेका छन् । लुक्लाबाट काठमाडौ उडेका नौ वटा हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ओर्लिएका हुन् ।

स्थानीय प्रहरीको भनाई उदृत गर्दै विभिन्न सञ्चार माध्यममा समाचारअनुसार मनाङ एयर, सिम्रिक एयर, एयर डाइनाष्टी, कैलाश, श्री, फिस्टेलका हेलिकप्टरहरु काठमाडौं आउनबाट रोकिएका हुन् ।

बिहान करिव ८ बजेतिर यी हेलिकप्टरहरु आकस्मिक अवतरण भएका हुन् । हेलिकप्टर सोसाइटीले पनि खराब मौसमका कारण अधिकांश हेलिकप्टरहरु काठमाडौं नआउन नसकेर आकस्मिक अवतरण गर्नुपरेको स्वीकार गरेको छ ।

Advertisement

Advertisement

Advertisement