कतार एयरवेज र चाइना साउथर्न एयरलाइनसबीच कोडशेयर सम्झौता

Advertisement

कतार । कतार एयरवेजले चाइना साउथर्न एयरलाइनससँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ । यी दुई एयरलाइनसबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो ।

कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न् एयरलाइनको ५ प्रतिशत शेयर खरिद गरेको थियो । यस सम्झौता पश्चात् अब चाइना साउदर्न् एयरलाइनका यात्रुहरुले ग्वाङ्जाओदेखि दोहा र दोहादेखि बेइजिङसम्मको कतार एयरवेजको उडानको बुकिङ गर्न सक्नेछन् ।

कतार एयरवेजले २००३ मा पहिलो पटक दोहादेखि शङ्घाईसम्मको उडानको सुरुवातबाट चाइनाको उडान सेवा गरेको थियो । हाल कतार एयरवेजले शङ्घाई, बेइजिङ, ग्वाङ्जाओ, हाङ्जाओ, चोङ्किङ, चेङ्डु र हङकङ गरी ४५ साप्ताहिक उडान सञ्चालन गर्दछ ।

Advertisement

Advertisement

Advertisement