अख्तियार टोलीद्धारा दुई हजार घुससहित भूमिसुधारका कर्मचारी पक्राउ

Advertisement

सप्तरी । राजबिराजस्थित भूमिसुधार कार्यालयका कार्यालय सहयोगी अर्जुन मण्डल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार कार्यालयबाटै पक्राउ गरेको हो ।

मण्डलमाथी एक सेवाग्रहीबाट दुई हजार रुपियाँ घुस लिएको आरोप छ । मण्डलले एक सेवाग्राहीसँग जग्गाको लागत कट्टा मिलाइदिने भन्दै घुस लिदाँ लिदै पक्राउ परेको अख्तियार टोलीको भनाई छ ।

सेवाग्रहीसँग विभिन्न कामका लागि घुस लिने गरिएको सूचनाको आधारमा केही दिनयता सो कार्यालयमा आयोगले निगरानी बढाएको थियो । पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्यितार श्रोतले जनाएको छ

Advertisement

Advertisement

Advertisement