नवलपरासीको जंगलमा गएराति भयानक दुर्घटना, पाँच जनाको मृत्यु

Advertisement

नवलपरासी । पूर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा गए राति कार र ट्रक ठोक्किँदा कारमा सवार सबै ५ जनाको मृत्यु भएको छ ।

सोमबार राति करिब साढे १० बजे भएको उक्त भयानक दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीलाई उदृत गर्दै विभिन्न मिडियाले समाचार प्रकाशित गरेका छन् ।

कार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी देबचुली नगरपालिका केउरेनीका ३५ वर्षका पूर्णबहादुर बिक, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगर छन् र अन्य दुई जना छन् ।

Advertisement

Advertisement

Advertisement