सेयर बजार घट्ने क्रम रोकिएन, कारोबार पनि दयनीय स्थितिमा

Advertisement

काठमाडौं । सेयर बजारमा जारी गिरावट मंगलबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक नेप्से छ दशमलव ४२ अंकले घटेर एक हजार १३४ दशमलव ५६ कायम भयो भने कारोबार रकम घटेर २१ लाख ८२ हजार रुपियाँमा सीमित रह्यो ।

कारोबार घट्दा पनि सानिमा बैंक र सिदार्थ बैंकको संस्थापक सेयरको बिक्री तीन–तीन करोडभन्दा माथि रह्यो । त्यस्तै, शिवम् सिमेन्टको सेयर एक करोडभन्दा बढिको खरिद बिक्री भयो । आज व्यापार, होटल र म्युचुअल फण्डबाहेक बाँकी सबै समूहमा गिरावट भयो । व्यापार समूहको सुचक एक प्रतिशतभन्दा बढिले बढेको छ भने जलविद्युत र जीवन बीमाको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ ।

आज धेरै नाफा गर्नेमा खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement