लालीगुराँस सहकारीले मनायो २१औं वार्षिकोत्सव

Advertisement

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २१औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाले केक काटेर वार्षिकोत्सव मनाएको हो ।

संस्थाका सदस्य एवं कर्मचारीहरु सहभागी कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक भण्डारीले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउने र सदस्यहरुलाई थप प्रतिफल दिलाउन प्रयास गर्ने बताए ।

उनले भने– संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको, संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म सञ्चालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्थामार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको, ३६ जिल्लामा सदस्य सुविधा सञ्चालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको बताए ।

लालीगुराँस सहकारीले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७५ लगायतका पुरस्कारहरु प्राप्त गरेको छ । संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउन्टर सञ्चालन गरिरहेको छ । चालु वर्षभित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सूर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

लालीगुराँसले बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा लालीगुराँस कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावरलगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । संस्थाले यसै बर्षभित्र लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्न निर्माण कार्य अगाडि बढाइरहेको छ ।

Advertisement

Advertisement

Advertisement