फेरि आक्रामक बने बाणिज्य बैंकः १० अर्ब निक्षेप बढ्दा ५५ अर्ब कर्जा

Advertisement

काठमाडौं । बाणिज्य बैंकहरु कर्जा प्रवाहमा पुनः आक्रामक देखिएको छ । मुस्किलले १० अर्ब निक्षेप बढाउन सफल भएका बाणिज्य बैंकहरुले कर्जा प्रवाह भने ५५ अर्बले वृद्धि गरेका छन् ।

भदौ महिनामा बाणिज्य बैंकहरुको निक्षेप जम्मा १० अर्बले बढेर २८ खर्ब ६६ अर्ब पुगेको छ । साउन महिनामा भने त्यस्तो निक्षेप २३ अर्बले घटेर २८ खर्ब ५५ अर्ब कायम थियो ।

यसरी भदौ मसान्त अवधीमा १० अर्बले मात्रै निक्षेप बढाउन सफल भएका २८ वटा बाणिज्य बैंकहरुले कर्जा भने ५५ अर्बले वृद्धि गरेको देखिन्छ ।
साउन मसान्तमा २५ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेका बाणिज्य बैंकहरुले भदौ मसान्त अवधीमा भने त्यस्तो कर्जालाई ५५ अर्बले बढाएर २५ खर्ब ६२ अर्ब पुर्याएका हुन् ।

एक सातामा बढ्यो ४० अर्ब निक्षेप
२८ बाणिज्य बैंकले असोज १० गतेसम्ममा २९ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका छन् । असोज २ गतेसम्म २८ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले एक साताको अवधीमा ४० अर्ब निक्षेप वृद्धि गरेका हुन् । बैंकहरुले असोज १० गतेसम्ममा २५ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका छन् । असोज २ गतेसम्म बाणिज्य बैंकहरुको कुल कर्जा लगानी २५ खर्ब ६२ अर्ब रुपैंया थियो ।

Advertisement

Advertisement

Advertisement