नेपाल भ्रमण गर्न भारतीय वित्तमन्त्रीलाई अर्थमन्त्री खतिवडाको निम्तो

Advertisement

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री युवराज खतिवडाले भारतीय वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गरेका छन् । विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका उनलाई सितारमणसँग कुराकानी गर्ने मौका मिलेको हो ।

भेटमा खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ । उनले भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमासमेत उपयोग गर्ने तयारी भइरहेको बताउँदै उनले साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्थाबारेमा बताएका थिए ।

नेपाल इन्फ्रास्टकचर बैंकमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रक्रिया अघि बढेको जानकारी दिंदै खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।

भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजानपाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत खतिवडाले आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत छलफल गरेका थिए ।

नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै उनले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग चाहिने बताए ।

भारतकी वित्तमन्त्री सितारमणले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताइन् ।

उनले नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री खतिवडालाई धन्यवाद दिइन् ।

Advertisement

Advertisement

Advertisement