माछापुच्छ्रे बैंकमा एक सय १५ जनालाई जागिर खुल्यो, कुन तहमा कति ?

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले २५ म्यानेजमेन्ट ट्रेनी सहित एक सय १५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र वा बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्नेछ । यस्तै अर्थशास्त्रमा ६० प्रतिशत वा सिजिपिएमा ३.२५ भन्दा बढि ल्याउनेले आवेदन दिन पाइने प्रष्ट पारेको छ ।

जुनियर एसिटेन्टका लागि व्यवस्थापनमा स्नातक वा सो सरह कम्तीमा ५५ प्रतिशत ल्याइ उतिर्ण गरेको हुनुपर्ने बैंकले बताएको छ । बैंकमा आवेदन दिन चाहनेले बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सकिने छ । बैंकले कार्तिक १३ भित्रमा आवेदन दिनुपर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement