कलङ्की-नौबिसे सडक खण्ड आज दिनभर एकतर्फी मात्र सञ्चालन हुने

Advertisement

काठमाडौं । ट्राफिक प्रहरीले कलङ्की-थानकोट र नागढुङ्गा-नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वुधबार एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।

यस सडक आज बिहान नौं बजेदेखि दिउँसो एक बजेसम्म मर्मत कार्य सम्पन्न हुँदैछ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताए । सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement