मलेसियाको एनएस क्यासप्वान्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउँदा टिभी उपहार

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासप्वाइन्ट÷लुलु एक्सचेन्ज मलेसियाको संयुक्त पहलमा सञ्चालित ‘स्क्राच एण्ड विन प्रोमोशन’ योजनामा नरेश थकुल्लाले ३२ इन्चको टिभी जित्न सफल भएका छन् ।

गएको अगस्ट १० देखि सुरु भएको यस प्रोमोशनमा एनएस क्यासपोइन्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउनेहरुले मात्रै यो उपहार योजनामा सामेल हुन पाउने छन् ।

एनएस क्यासप्वान्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउनेले कुपन प्राप्त गर्ने र सो कुपनमार्फत ग्राहकले ब्याग, वालेट किरिङ, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सक्नेछन् ।

टिभी ज्निे थकुल्लाले एनएस क्यास पोइन्टको पोर्ट क्लाङ ब्रान्चमार्फत सिटी एक्सप्रेसमा रकम पठाएको सिटी एक्सप्रेसको भनाई छ । बिगत १३ बर्षदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको सिटी एक्सप्रेसको नेपालमा सात हजारभन्दा बढि एजेन्ट रहेका छन् ।

Advertisement

Advertisement

Advertisement