यसरी गुड्नेछ नागढुंगाको सुरुङमार्गमा गाडी(हेर्नुहोस् भिडियोसहित)

Advertisement

नेपालको पूर्वाधार विकासमा ब्रेक थ्रु मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण आरम्भ भएको छ । प्रधानमन्त्री केपी ओली आफैंले त्यसको निर्माण आरम्भ गरेका हुन् ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोग (शुन्य दशमलव ०१ प्रतिशत) ब्याजदरमा निर्माण सुरु गरिएको यस आयोजना बनाउन २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले १६ अर्ब सहयोग गर्ने र बाँकी छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।

प्रवेश मार्गसहित पाँच दशमलव ५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक श्याम खरेलले बताए । यसमा करीब छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement