बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमा हल संचालनमा

Advertisement

काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।

बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न चार सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा आएको हो । बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी-१ मा २०० र औडी-२ मा २२६ सिट क्षमता छ ।

थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ ।

एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताएका छन् ।

दर्शकले मुभिजको वेबसाइट बीएसआरमुभिज डटकम (www.bsrmovies.com), तथा टेलिफोनबाट सिनेमाको सीट बुकिंङ गर्न सक्ने छन् । मल्टिप्लेक्सभित्र कफी शप तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् । अन्तर्राष्ट्यि जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ । 

Advertisement

Advertisement

Advertisement