९ वर्ष १० महिना काम गरेर एनबीआईबाट बिदा भए सञ्जिव सुब्बा, भन्छन्ः चुप लागेर बस्दिन

Advertisement

काठमाडौं । नेपाल बैंकिङ इन्स्टिच्युट(एनबीआई)बाट सञ्जिब सुब्बा विदा भएका छन् । सुब्बाले एनबीआईको संस्थापक सिइओका रुपमा काम गर्दै आईरहेका थिए । एनबीआईमा ९ वर्ष १० महिना काम गरेर उनी बिहिबारदेखि बाहिरिएका हुन् ।

सुब्बाले यो अवधीमा नेपालको वित्तिय साक्षरता अभिवृद्धिमा केहि योगदान गर्न सफल भएको पनि बताए । ‘करिब १० वर्ष काम गरेँ, यो अवधीको कामबाट सन्तुष्ठ छु, अब देशका लागि थप केहि गरौं भन्ने छ’, सुब्बाले कर्पाेरेट नेपालसँग भने । सुब्बाले आफ्नो कार्यकालमा ५० हजारलाई वित्तिय तालिम दिएको पनि बताए ।

सन २००९ मा एनबीआईको स्थापना भएको थियो भने सन २०१० को जनवरीबाट सुब्बाले सिइओका रुपमा नेतृत्व सम्हालेका थिए ।
अबको यात्रा के हुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘म चुप लागेर बस्ने मान्छे होइन, केहि न केहि त गर्छु नै, तर के गर्छु भन्ने चाँही केहि समय आराम गरेपछि टुंगो लाग्नेछ’, सुब्बाले भने ।

एनबीआईमा नेपाल राष्ट्र बैंकसहित २१ वटा बैंक तथा वित्तीय संस्थाको सेयर लगानी रहेको छ । एनबीआईले ५ प्रतिशत मात्रै नाफा वितरण गर्ने नीति अख्तियार गर्दै आएको छ । एनबीआईको संचित कोषमा १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement