स्काइवाक टावरको टिकट खरीदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

Advertisement

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरीदमा छुट मिल्ने भएको छ । सोसम्वन्धी सम्झौतापत्रमा बैंक र वन्डर्स नेपाल प्रा.लि.बीच समझदारी भएको छ । 

समझदारीपत्रमा प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल (स्काइवाक)का कार्यकारी निर्देशक पदम न्यौपानेले हस्ताक्षर गरे । आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरिएको यस सम्झौताअन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीले दुई वर्षसम्म छुट उपभोग गर्न पाउनेछन् ।

Advertisement

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कमलादीस्थित स्काइवाक टावरको टिकट खरीद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले टिकट खरीद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ । 

प्रभु बैंकले यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरलगायतमा समेत भएको जानकारी दिएको छ । स्काइवाक टावर कूल ७८ दशमलव पाँच मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् भने ३१ लाखभन्दा बढि ग्राहकलाई बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैकिङ तथा वित्तिय सेवा प्रवाह गर्दै आएको छ । 

Advertisement

Advertisement