१४ वर्षकै नाजुक अवस्थामा भारतीय अर्थतन्त्र, कस्तो पर्ला नेपालमा प्रभाव ?

Advertisement

काठमाडौं । भारतीय अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ । अर्थतन्त्रका प्रमुख मानिएका छ वटा क्षेत्रमा भारी गिरावट आएको छ जुन पछिल्लो १४ वर्षकै सबै भन्दा उच्च गिरावट हो ।  भारतीय अर्थतन्त्रका प्रमुख परिचालक मानिएका कोइला, कच्चा तेल, प्राकृतिक ग्यास, रिफाइनरी उत्पादन, खाद, स्टील, सिमेन्ट र विद्यतु हो ।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा अघिल्लो वर्षको तुलनामा यी सबै क्षेत्रमा ५.२ प्रतिशतको गिरावट आएको छ । सन २०१८ को सेप्टेम्बरमा यिनै क्षेत्रमा ४.३ प्रतिशतले वृद्धि भएको थियो । २०१९ को सेप्टेम्बरको तथ्यांक अनुसार आठमध्ये सात क्षेत्रमा भारी गिरावट आएको छ र तिमध्ये कोइला क्षेत्रमा सबै भन्दा धेरै गिरावट आएको हो । कोइला क्षेत्रमा २०.५ प्रतिशतको गिरावट आएको छ भने रिफाइनरीमा ६.७ प्रतिशत, कच्चा तेलमा ५.४ प्रतिशत, प्राकृतिक ग्यासमा ४.९ प्रतिशत, विद्युतमा ३.७ प्रतिशत, सिमेन्टमा २.१ प्रतिशत र स्टिलमा ०.३ प्रतिशितले गिरावट आएको छ ।


नयाँ आँकडा कति डर लाग्दो ?
सार्वजनिक भएका नयाँ तथ्यांकका अनुसार भारतीय अर्थतन्त्रमा औद्योगीक गतिबिधी सुस्त भएको देखिन्छ ।  भारतीय अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने यी ८ क्षेत्रमा आएको मन्दिले सिंगो अर्थ व्यवस्थामै संकट निम्त्याएको हो । यीनै ८ क्षेत्रको खरिद बिक्रि कम हुँदा आर्थिक मन्दि देखिन्छ ।

आर्थिक विश्लेषक पुजाा मेहराका अनुसार भारतीय जनताको क्रय शक्तिमा ह्रास आएको छ । मानिसहरुले सवारी साधनको खरिद गर्न छोडेको छन् जसले कच्चा तेल र रिफाइनरी उद्योगमा संकट परेको छ । जसले भारतको रिफाइनरी उच्पादन निर्यातमा समेत गिरावट ल्याएको छ ।
उनका अनुसार विद्युतका उत्पादन घटेको, निर्माण उद्योगको सुस्तताले सिमेन्ट, स्टिल उद्योगमा मन्दि आएको छ । मानिसहरुले नयाँ घर बनाउन वा किन्न छाडेछन् । यहि महिना सार्वजनिक भएको तथ्यांकबाट जानकारी आएको थियो की अगष्टमा औद्योगीक उत्पादन १.१ प्रतिशत भएको थियो जुन २६ महिनाकै खराब नतिजा थियो ।

Advertisement

Advertisement

Advertisement