रुसी राष्ट्रपतिमा पुनः पुटिनको जित सुनिश्चित

Advertisement

एजेन्सी । रुसको राष्ट्रपतिमा पुनः एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।

Advertisement

बीबीसीका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम) को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । यो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो ।

यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम) ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ ।

Advertisement

Advertisement