निवर्तमान सभामुख महरालाई सदरखोर डिल्लीबजार पठाउन आदेश

Advertisement

काठमाडौँ । बलात्कार काण्डमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उक्त आदेश दिएको हो ।

अदालतले महरालाई सदरखोर डिल्लीबजारमा थुनामा राख्न निर्देशन दिएसँगै उनीमाथि लाग्दै आएको बलात्कारको आरोपलाई अदालतले पुष्टि गरेको छ । यसअघि अस्वास्थताको कारण देखाउँदै नर्भिक हस्पिटलमा बस्दै आएका महरा अब जेलमै बस्नुपर्ने हो वा अस्पतालमा बस्न पाउने हो ? जेलरले निर्णय गर्ने छन्।

मुद्दाको किनारा नलाग्दासम्म उनी थुनामै रहनुपर्नेछ । यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्न पाउने सुविधा महराले प्रयोग गर्न सक्छन् । महराविरुद्धको थुनछेक बहस सकिएपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न भनेको हो ।

बयानका क्रममा महराले आफू रोशनीको कोठा नजिकै गएको तर रोशनीको कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका थिए । शाही संसदकै सचिवालयमा काम गर्ने कर्मचारी हुन् । उनको कोठामा महरा पहिलो पनि जाने आउने गरेको शाहीले स्वीकारेकी छन् । तर पछिल्लो घटनाको दिन महराले मदिरा सेवन गरी आएको र कोठमा पनि आफूलाई मदिरा पिउन दबाब दिएको, त्यसपछि बलात्कार गरेको आरोप लगाएकी थिइन । यद्यपि शाहीले सुरुको दिनमा मिडियासमक्ष बोलेका कुरालाई खण्डन गर्दै आए पनि उनले महराविरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement