सुनको मूल्य एकैपटक तोलामा सात सयले घट्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज सात सय रुपियाँले घटेर प्रतितोला ६९ हजार नौ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६९ हजार छ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ९३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ६७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८३५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement