सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख १७ हजार पुग्यो

Advertisement

काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शनिबार एक हजार रुपियाँले वृद्धि हुँदै सुनले नयाँ कीर्तिमान कायाम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शनिबार (कार्तिक ११ गते) प्रतितोला सुन रु एक लाख १७ हजारमा कारोबार भइरहेको छ । दशैं बिदापछि शुक्रबार खुलेको नयाँ मूल्य एक लाख १६ हजार रुपियाँ रहेको थियो। 

Advertisement

असोज महिनामा एक लाख सात हजारसम्म आइपुगेको सुन बढेर एक लाख १७ हजार कायम भएको छ । विश्वभर नै सुनको माग बढिरहँदा मूल्यले कीर्तिमान राख्दै गएको छ । लगानीको अन्य आधार कमजोर हुँदै जाँदा र सरकारहरुले नगदको कारोबार तथा सम्पत्तिको स्रोतमा कडाई गर्दै जाँदा सुनमा लगानी सुरक्षित मानिदै आएको छ। 

Advertisement

Advertisement