बंगलादेशी राष्ट्रपति हमिद काठमाडौं आइपुगे (फोटो फिचर)

Advertisement

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । विमानस्थलमा उनलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका पदाधिकारी पुगेका थिए भने नेपाली सेनाले सलामी दिने क्रममा राष्ट्रपति विद्या भण्डारी पनि विमानस्थल पुगेकी थिइन् ।

बंगलादेशका राष्ट्रपतिबाट तीन दशकपछि नेपालको द्विपक्षीय भ्रमण भएको हो । यसअघि बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गरेका थिए।

चार दर्जन प्रतिनिधिसहित विमान बंगलादेशको विशेष उडानबाट हमिद नेपाल आएका हुन् । हमिदलाई दिउँसो ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमणमा लगिने कार्यक्रम छ । हमिदले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ता गर्ने, पोखरा र चन्द्रागिरि केबलकारको अवलोकन कार्यक्रम रहेको छ । तस्वीरः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement