नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने, गत वर्षकोभन्दा कम

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश गरेर जम्मा १९ प्रतिशत दिने निर्णय गरेको हो । यो गत आर्थिक वर्षकोभन्दा कम हो ।

बैंकले अघिल्लो वर्षमा सेयरधनीलाई १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन् ।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपियाँ चुक्ता पूँजी भएको बैंकले गत आवको मुनाफा र सञ्चित जगेडा कोषबाट दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपियाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस वितरणपछि भने चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement