काँग्रेसको निष्कर्षः कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले शेयर बजार ओरालो लाग्नुलाई कम्युनिष्ट सरकारको असफलताका रुपमा अर्थ्याएको छ । काँग्रेस केन्द्रिय कार्य समितिले सेयर बजारका लगानीकर्ताको मनोबल गिर्नु कम्युनिष्ट सरकारको ठूलो असफलता भएको निष्कर्ष निकालेको हो ।

काँग्रेसले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले सेयर बजार ओरालो लगाएको विषय आफ्नो विज्ञप्तिमै उल्लेख गरेको छ ।

कम्युनिष्ट सरकारको २१ महिनाको लेखाजोखा गर्दै काँग्रेसले २१ बुँदे आरोप सार्वजनिक गरेको छ । जसमा सेयर बजार ओरालो लागेको विषय पनि समेटिएको छ । काँग्रेसले भनेको छः कम्युनिष्ट पार्टी उकालो लाग्दा सेयर बजार ओरालो ।

Advertisement

Advertisement

Advertisement