पठाओ र टुटलमाथि फेरि लाग्यो प्रतिबन्ध, नटेरे थप कारवाही गरिने

Advertisement

काठमाडौं । सरकारले पठाओ र टुटल सेवामाथी पुनः प्रतिबन्ध लगाएको छ । रातो नम्बर प्लेटका सवारी साधनले भाडा असुल्न पाउने व्यवस्था नभएकाले पठाओ र टुटल माथी प्रतिबन्ध लगाईएको हो ।

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना नै प्रकाशित गरेर टुटल र पठाओलाई मानिस नबोक्न निर्देशन दिएको छ । अटेर गरेमा कारवाही गर्ने चेतावनी पनि विभागले दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र पठाओ र टुटल सेवा सर्वाधिक रुचाइँदै आएको थियो । सार्वजनिक यातायात भन्दा सरल, सहज र सुरक्षित तथा ट्याक्सी भन्दो सस्तो भएकाले पठाओ र टुटलका प्रयोगकर्ताहरुको संख्या निरन्तर वृद्धि हुँदै आएको थियो ।
यस अघि पनि सरकारले टुटल पठाओमाथि प्रतिबन्ध लगाएको थियो । नागरिकहरुको व्यापक बिरोधपछि सरकारले पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो । टुटल र पठाओ सञ्चालनमा रोक लगाउन यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई दबाव दिँदै आएका थिए ।

मोटरसाइकल र स्कुटर चालकहरुले फुर्सदको समयमा टुटल तथा पठाओ सेवामा आवद्ध भएर आम्दानी गर्ने अवसर समेत पाउँदै आएका थिए । सार्वजनिक यातायात सञ्चालन नहुने उपत्यकाका भित्रि गल्लीहरुमा समेत यसले सेवा दिँदै आएको थियो । सार्वजनकि यातायात भन्दा बढी सहज र ट्याक्सी भन्दा न्युन लागतमा जुनसुकै समयमा पनि उपयोग गर्न पाइने भएपछि टुटल र पठाओ सेवा पछिल्लो समय सर्वाधिक लोकप्रिय बन्दै गएका थिए ।

pathao

Advertisement

Advertisement

Advertisement