विद्यार्थीसँग बढि शुल्क अशुल्न केयूको मेडिकल कलेजहरुलाई पत्र

Advertisement

काठमाडौं । सरकारले तोकेभन्दा बढी शुल्क उठाउन काठमाडौं विश्वविद्यालयले आफूसँग सम्बन्धन प्राप्त मेडिकल कलेजलाई परिपत्र गरेको पाइएको छ । तर काठमाडौं विश्वविद्यालय ऐन, २०४८ मा उक्त विश्वविद्यालयलाई शुल्क निर्धारण गर्ने अधिकार छैन। कानुनले नदिएको अधिकार प्रयोग गरी विश्वविद्यालय पदाधिकारीले आफूसँग सम्बन्धन पाएका मेडिकल कलेजलाई बढी शुल्क लिन परिपत्र गरेका छन्।

सरकारले पछिल्लोपटक उपत्यकाभित्र ३८लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म विद्यार्थीबाट शुल्क लिन मेडिकल कलेजहरूलाई सीमा निर्धारण गरेको छ। सरकारले शुल्क निर्धारणपछि काठमाडौं विश्वविद्यालयलले २०७४ असोज १ गते १० वटा मेडिकल कलेजलाई परिपत्र गरेको हो। जसअनुसार कलेज अफ मेडिकल साइन्स भक्तपुरलाई ४९ लाख ९० हजारसम्म, मणिपाल कलेज अफ मेडिकल साइन्सलाई ४९ लाख ९० हजार, लुम्बीनि मेडिकल कलेज पाल्पालाई ४९ लाख ९० हजार, नेपालगञ्ज मेडिकल कलेजलाई ४७ लाख ९० हजार, नेपाल मेडिकल कलेज काठमाडौंलाई ४३ लाख ९० हजार अतिरिक्त शुल्क लिन परिपत्र गरेको छ।

यसैगरी, देवदह मेडिकल कलेज रूपन्देहीलाई ४२ लाख ९० हजार, विराट मेडिकल कलेज विराटनगरलाई २१ लाख ९० हजार र काठमाडौ विश्वविद्यालय धुलिखेललाई ३० लाख रुपियाँसम्म अतिरिक्त शुल्क लिन सो विश्वविद्यालयले परिपत्र गरेको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement