जनता बैंक र ग्लोबल आइएमई बैंकको एटीएम कार्ड एक अर्काकोमा चलाउँदा पैसा नकाटिने

Advertisement

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबाट जारी गरिएका कार्ड एक अर्काको एटीएममा चलाउँदा शुल्क नलाग्ने भएको छ । मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट एक आपसमा मर्जर सम्बन्धि प्रस्ताव पारित भइसकेको अवस्थामा एटीएम सेवालाई निःशुल्क बनाइएको हो।

मर्जर पश्चात ग्लोबल आईएमइ बैंकको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाका लागि दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क बैंकको जारी विज्ञप्तीमा उल्लेख छ।

मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको छ । करिब ३०० भन्दा बढी शाखा सञ्जाल, ३ हजार २०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।

मर्जरपछि बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब रुपियाँ भएको छ ।

Advertisement

Advertisement

Advertisement