जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको काउन्टर स्थापना

Advertisement

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ ।

प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा चार, झापामा चार, इलाममा एक र सुनसरीमा एक वटा सो काउन्टर रहेको बैँकका प्रदेश प्रमुख लेखराज कार्कीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नवस्थापित काउन्टरको उद्घाटन गर्दै यसबाट सरकारी सेवा सरल, सहज, पारदर्शी हुने बताए । बैंकका प्रदेश प्रमुख कार्कीले काउन्टरबाट सरकारी कार्यालयलाई मात्र नभएर स्थानीय जनतालाई पनि सेवा दिन सकिने बताए ।

Advertisement

Advertisement

Advertisement