फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेस्टी इन्टरनेशनल

Advertisement

काठमाडौं । फेसबुक र गुगलको व्यवसायिक ढाँचा ‘बिजनेस मोडल’ मानव अधिकारका लागि खतरा रहेको एमनेस्टी इन्टरनेशनलले दाबी गरेको छ। दुबैको ‘प्लेटफर्म’ले बृहत रुपले मानवाधिकारलाई हानी पुग्ने अवस्था सिर्जना गरिरहेको एमनेस्टीको भनाई छ ।

विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्टीले एक रिपोर्ट जारी गर्दै यी कम्पनीले गर्ने अत्याधिक निगरानीका कारण चिन्ता गर्नुपर्ने भएको बताएको छ। यस्ता कम्पनीले गर्ने अत्याधिक निगरानीले प्रयोगकर्ताको गोपनियताको हक र मानवअधिकार हनन हुने रिपोर्टमा उल्लेख छ।

उक्त रिपोर्टको उत्तर दिँदै फेसबुकले मानव अधिकारमा आफूले गरेका कामको उदाहरण प्रशस्त रहेको दाबी गरेको छ। ५८ पेजको प्रतिवेदनमा एमनेस्टीले गुगल र फेसबुकको ‘बिजनस मोडल’ लाई ‘अर्बों मानिसहरुको विश्वव्यापी निगरानी’ भनेको छ ।

साथै, मानव अधिकार र गोपनियतताको हकलाई सम्मान गर्ने गरेको समेत चिठ्ठीमा उल्लेख छ। त्यस्तै गुगलले पनि प्रयोगकर्ताको सम्मान गर्दै डाटाहरु सुरक्षित राखेको बताएको छ। मानव अधिकारको हनन हुनबाट रोक्न यस्ता कम्पनीलाई व्यक्तिगत सूचनाहरु र विज्ञापन दिन बन्द गर्न एमनेस्टीले अमेरिकी सरकारलाई सुझाव दिएको छ ।

Advertisement

Advertisement

Advertisement