गुगलले विश्वभर मतदातालाई प्रभाव पार्ने राजनीतिक विज्ञापनमा कडाई गर्ने

Advertisement

काठमाडौं । गुगलले जनतालाई प्रभाव पार्ने किसिमका राजनीतिक विज्ञापन नीतिमा कडाई गरेको छ । मतदातालाई अनलाइन प्लेटफर्मले सहयोग पुर्र्याएको भन्ने आरोपको दबाब बढेपछि गुगलले राजनीतिक विज्ञापन नीतिमा कडाइ गरेको छ ।

गुगलले चुनावी विज्ञापनहरुका लागि अडियन्स लक्ष्यलाई सीमित गर्ने र त्यसमा उमेर, लिंग र पोस्टल कोड लेभलमा भएको जनरल लोकेसन रहेका छन् । यसको अर्थ उमेर, लिंग र स्थानको आधारमा लक्षित गरेर भने चुनावी अभियान गर्न सकिनेछ ।

इन्टरनेट कम्पनीका अनुसार कुनै पनि गलत राजनीतिक सन्देश प्रवाह गर्ने किसिमका विज्ञापनमा पहिलेदेखि नै प्रतिबन्ध लगाएको छ । तर, अहिले फेरि आफ्नो नीतिमा थप स्पष्टता ल्याउँदै कुनै गलत मनसायले तयार गरिएका तस्बिर, भिडियोहरुलाईसमेत प्रतिबन्ध गरिने भएको छ । कम्पनीले भ्रामक तथ्यांक र जानकारी भएका विज्ञापनहरुमाथि एक्सन लिने बताएको छ ।

Advertisement

Advertisement

Advertisement