नेपाल बैंकर्स संघमा भुवन दाहाल सर्वसम्मत, बैंकरहरुको मनोबल उच्च राख्न काम गर्छुः दाहाल

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल सर्वसम्मत भएका छन् । मंगलबार दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मत भएका हुन् । यद्यपि यसको औपचारिक घोषणा बिहीबार हुने संघको बार्षिक साधारणसभामा मात्रै हुनेछ ।

सर्वसम्मत भएपछि दाहालले राष्ट्र बैंकसँग सहकार्य गर्दै बैंकिङ क्षेत्रलाई बलियो बनाउन र बैंकरहरुको मनोबल उच्च राख्न आफूले काम गर्ने बताए । संघमा यसअघि एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुँगाना अध्यक्ष थिए ।

Advertisement

Advertisement

Advertisement